सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै, प्रधानमन्त्री नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि नियमित कानुन व्यवसायीसँग छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

आज दिउँसो संसद भवनमा रहेको ल्होत्से हलमा यो बैठक बोलाइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्चमा संवैधानिक इजलासमा बहस भइरहेको छ । यही समयमा सभामुखले यही विषयमा आगामि कदम के हुने भन्नेबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

८ जेठमा प्रतिनिधिसभा विघटन गरेर २६ कार्तिक र ३ मंसिरका लागि सरकारले चुनावको मिति घोषणा गरेको थियो । बैठकमा बोलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओली यो बैठकमा नजाने उनको सचिवालयले यसअघि नै जानकारी दिइसकेको छ ।





  • प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार ६:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया