पूर्व मुख्यमन्त्रीलाई पनि पूर्व प्रधानमन्त्रीलाई जस्तै सुविधा दिइने


नवगठित गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय गरेको छ। नयाँ सरकार गठनपछि पहिलोपटक आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे निर्णय गरेको हो ।

संघीय सरकारले पूर्व प्रधानमन्त्रीलाई सुविधा दिए जस्तै पूर्व मुख्यमन्त्रीलाई पनि सुविधा दिने निर्णय भएको  गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले बताए। नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिनेबारे सहमति गरेको उनले बताए। 

खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजना पनि बनाएको बताए। गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्रले पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । यही जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गण्डकीको नयाँ सरकार असार १ गते बजेट ल्याउनै पर्ने बाध्यतामा छ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १३:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया