मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी बनाउनु, पहाडे समुदायलाई पनि राख्‍नु
प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराज

प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन सुझाव दिएका छन् ।  प्रदेश प्रमुख झाले आइतबार मुख्यमन्त्री राउतलाई ४ पाने पत्र पाएका हुन् ।  

प्रदेश २ ले लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराएका छन् । उनले प्रदेश २ मा मधेसी आदिवासी, गैर मधेशी लगायतका पक्षलाई सरकारमा समेट्न सुझाव दिएका छन् । 

प्रदेश प्रमुख झाले संविधानको धारा ४२ मा रहेको व्यवस्था अनुसार राज्यका निकायमा समानुपातिक समावेशी आधारमा सहभागिता गराउन सुझाव दिएका छन् । पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ। 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनुपर्ने लगायतका व्यवस्थाहरु संविधानको धारा १७६ मा उल्लेख रहेको कुरा पनि  प्रदेश प्रमुख झाले पत्रका सम्झाएका छन् । 

‘प्रदेशसभा समानुपातिक समावेशी रहेकोमा उक्त सभाका सदस्यबाट मन्त्रिपरिषद् सदस्य नियुक्त गर्दा उक्त समानुपातिक समावेशी स्वरुप प्रतिबिम्बित हुनुपर्छ भन्ने तथ्य निर्विवाद रुपमा स्थापित छ’ उनले भनेका छन् ।  





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १४:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया