प्रदेश १ को बजेटः कोरोना महामारी नियन्त्रणका लागि ४४ करोड

प्र्रदेश १ सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि बजेट सार्वजनिक गरेको छ।  

प्रदेश सरकारले यसपटक प्रदेशमा कोरोना नियन्त्रणका लागि पनि बजेट ल्याएको छ । प्रदेश १ मा अब सबै नागरिकलाई खोप दिने कार्यक्रम प्रदेश १ सरकारले गरेको छ । यसका लागि प्रदेश ४४ करोड बजेट घोषणा गरेको छ ।

त्यस्तै, प्रदेशमा फ्रन्टलाइनमा खटिनेहरुका लागि पनि अतिरिक्त खर्च दिने प्रदेश सरकारले बजेटमा उल्लेख गरेको छ ।

प्रदेश सरकारले यस वर्ष स्वास्थ्य क्षेत्रका लागि कूल ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया