पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध
फाइल फाेटाे

भारी वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका-५ ढिकगाडमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको हो । 

पहिरो झरेसँगै गए राति १ बजेबाट राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा विभिन्न अत्यावश्यक वस्तु बोकेका साधन र विशेष कामले हिँडेका यात्रु अलपत्र परेका छन्।

जेसिबीकाे सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ । 

भारी वर्षासँगै बैतडीका विभिन्न सडक अवरुद्ध भएका छन् ।
 





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ९:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया