पाकिस्तान सुपर लिगकोे उपाधि मुल्तान सुल्तान्सलाई

छैटौं संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल) टि-२० फ्रेन्चाइज लिगको उपाधि मुल्तान सुल्तान्सले हात पारेको छ ।

युएइको अबुधाबीस्थित सेख जायद क्रिकेट मैदानमा बिहीबार राति भएको फाइनलमा पेशेवर जाल्मीलाई ४७ रनले हराउँदै सुल्तान्सले पहिलो उपाधि हात पारेको हो ।
सुल्तान्सले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याएको जाल्मीले २० ओभर नै ब्याटिङग गर्दा पनि ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो ।

जाल्मीका लागि शोयब मल्लिकले सर्वाधिक ४८ रन जोड्दा कप्तान कमरन अकमलले ३६ रन बनाए । रोभमन पावेलले २३ र सिफ्रन रादरफोर्डले १८ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

सुल्तान्सका लागि इम्रान ताहिरले ३, ब्लेसिङ मुजराबानी र इम्रान खानले २-२ विकेट हात पार्दा सोहेल तान्विरले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुल्तान्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०६ रनको योगफल तयार पारेको थियो ।

सुल्तान्सका लागि सोहिब मक्सुद रिली रस्सोले अर्धशतकीय पारी खेले । ६५ रनमा अविजित रहेका मक्सुदले  ३५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।



रस्सोले २१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । सान मसुदले ३७ र कप्तान मोहमद रिज्वानले ३० रनको योगदान दिए ।
जाल्मीका लागि समिन गुल र मोहमद इम्रानले २-२ विकेट लिए । 
 



  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ९:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया