युइएफएले अवे गोलको नियम हटायो

युरोपियन फुटबल महासंघ युइएफएले आगामी सिजनबाट अवे गोलको नियम हटाउने भएको छ । 

सन् १९६५ बाट निरन्तर रुपमा लागु हुँदै आएको अवे गोलको नियम अब भने लागु नहुने गरी हटाइएको हो ।

विपक्षी टोलीको मैदानमा जुन टोलीले बढी गोल गर्छ, अंक स्थानमा सो टोली अगाडि जाने गरेको अवे गोल नियम अबदेखि लागु नहुने भएको हो ।

यदी दुई टोलीबीच गोल बराबरीमा रोकिएको अवस्थामा गोल अवेको नियम लागु गर्ने गरिएको थियो । 

यो नियम फुटबलका लागि खासै उपयुक्त नहुने भन्दै गत मेमा यो नियम हटाउने प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावलाई बिहीबार युइएफए कार्य समितिले पारित गरेको हो ।





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १५:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया