श्रीलंकाका​ फर्नान्डोले इङ्ल्यान्ड विरुद्धको एक दिवसीय सिरिज गुमाउने

श्रीलंकाका ब्याट्सम्यान आभिस्का फर्नान्डेजले इङ्ल्यान्ड विरुद्धको एक दिवसीय सिरिज गुमाउने भएका छन् । फर्नान्डोले चोटका कारण सिरिज गुमाउने पक्का भएको श्रीलंका क्रिकेट बोर्डले बताएको छ । 

कार्डिफमा टि–२० सिरिजको दोस्रो खेल खेल्ने क्रममा घाइते भएका फर्नान्डोले तेस्रो खेल पनि गुमाएका थिए । उनले टोलीका लागि भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । 

पहिलो खेलमा रनको खाता पनि खोल्न नसकेका फर्नान्डोले दोस्रो खेलमा मात्र ६ रन जोडेका थिए । ३ खेलको टि–२० सिरिजमा घरेलु टोली इङ्ग्ल्यान्डले क्लिन स्विप राख्न सफल भएको थियो । 

३ खेलको एकदिवसीय सिरिज जुन २९ मा रिभर साइड क्रिकेट मैदान, जुलाई १ मा द ओभल र जुलाई ४ मा काउन्ट्री क्रिकेट मैदानमा खेलिने छ । 





  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १६:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया