आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा भीड
फाइल तस्बिर

कोरोना महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान बिहीबारबाट सुरु भएको छ ।

कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौं आउन  र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रामार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले फेससिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन् ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दूरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र  दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरूको रोजाइ हवाई मार्ग हुने गरेको छ । आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरूको चाप अत्यधिक रहेको छ ।

काठमाडौंमा यातायातको साधन जोर-बिजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवत-जावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेलाई सहज भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १६:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया