कोपा क्वाटरफाइनल : पेरु भर्सेस पाराग्वे, ब्राजिल भर्सेस चिली

कोपा अमेरिका २०२० अन्तर्गत शनिबार बिहानदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । 

शनिबार बिहान साविक विजेता ब्राजिल र चिली प्रतिस्पर्धा गर्दैछन् । खेल बिहान पौने ६ बजे सुरु हुनेछ । 

ब्राजिलमा नै भएको खेलमा आयोजक ब्राजिलले चार खेल मध्ये तीन खेलमा जित निकाल्दै एक खेल भने बराबरीमा रोकिएको थियो । 

चिली समूह ए मा रहेको टोली हो । जसमा चौंथो हुँदै टोलीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

समूह चरणमा चिलीले एक खेलमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा खेलेको थियो । चिलीले अर्जेन्टिना र उरुग्वेसँग बराबरीमा खेलेको थियो ।

दुई टोलीले हालसम्म एक अर्कासँग ७२ खेल खेलेका छन् । जसमा ब्राजिलले ५१ खेलमा जित हात पारेको छ । 



चिलीले भने १३ खेलमा मात्रै जित हात पारेको छ । दुई टोलीबीचको ८ खेल बराबरीमा सकिएको छ ।
 
ब्राजिल र चिली बीचको खेल अघि पौने ३ बजे पेरु र पाराग्वे बीचको अन्तिम आठको खेल हुनेछ । 



  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १४:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया