logo-img

युरो २०२० : को पुग्ला सेमिफाइनलमा ?

आज रातिबाट युरो कप २०२० को क्वाटरफाइनलका खेलहरू सुरु हुँदै छन् । जसमा ८ टोली एकआपसमा भिड्ने छन् । स्विट्जरल्यान्ड र स्पेन, बेल्जियम र इटाली, चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इङ्ल्यान्ड एकअर्काका प्रतिद्वन्द्वी बन्ने छन् । 

आज हुने खेलका टोलीहरू पहिलो पटक युरोको क्वाटरफाइनलका लागि भिड्न लागेका हुन् । युरो बाहेकका खेलहरूमा भने यी चारै टोली एकअर्कासँग खेलिसकेका छन् । यी चारै टोलीको तयारी तथा पहिले खेलेका खेलहरूका आधारमा कसले जित्ला भनी पूर्वानुमानहरू पनि हुन थालिसकेको छ ।

स्विट्जरल्यान्ड र स्पेन



स्विट्जरल्यान्ड विश्वविजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै अन्तिम आठमा पुगेको हो । स्पेन भने क्रोएसियालाई ५-३ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलको यो पहिलो खेल शुक्रबार राति पौने १० मा सुरु हुने छ । यस खेलमा दुवै टोलीको नजर सेमिफाइनलमा पुग्ने नै हुने छ । पछिल्लो समय निकै आकर्षक फुटबल खेलिरहेका यी दुई टोली बिचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । आजको प्रतिस्पर्धामा स्विट्जरल्यान्ड कप्तान ग्रानिक साकाबिना नै मैदानमा उत्रिने छ ।

त्यस्तै, आर्सनलका मिडफिल्डर डेनिस जाकारियाले पहेँलो कार्ड भोगेसँगै उनको ठाउँमा आज रेमो फ्रिलर मैदानमा उत्रिने छन् । स्विट्जरल्यान्डका टोली व्यवस्थापक भ्लादिमिर पेटकोभिचले सिल्भान विडमरको सट्टा केभिन एकबाबसलाई राइट विङ ब्याक पोजिसनमा मैदानमा उतार्ने प्रयत्न भएको बताइएको छ । अन्य खेलाडीमा भने खासै फेर बदल नगरी स्विट्जरल्यान्डले आफ्नो प्लेइङ ११ मैदानमा उतार्ने छ  । 

त्यस्तै, स्पेनले जोर्डी अल्बाको सट्टा जोस गायलेलाई सोमबारको खेलमा उतारेको भए पनि आज पुनः अल्बा फिर्ता हुने सम्भावना छ । खेलमा एरिक गार्सिया भने यथास्थानमा रहिरहने छन् । स्पेनी टोलीको डिफेन्सको मुटु मानिएका एमेरिक लापर्टे नै सोही स्थानमा रहने छन् । एमरिकलाई भने यो खेलमा फ्रन्टमा खेलाउने स्पेनको नीति छ । फेरान टारेस, डानी ओल्मोए, अल्भारो मोराटा र पाब्लो सारबियालाई अग्रपंक्तिमा खेलाउने स्पेनले तयारी गरेको छ । 



यो खेलमा गरिएको पूर्वानुमान भने स्पेनको हितमा रहेको छ, जसमा स्विट्जरल्यान्ड १ र स्पेन २ भनिएको छ । युरो कपमा पहिलो पटक एकअर्काको आमनेसामने भएका यी दुई टोलीले हालसम्म २२ वटा प्रतिस्पर्धा खेलिसकेका छन् । जसमा स्पेनले १६ खेलमा जित निकालेको छ । १ खेलमा हार र ५ खेल बराबरीमा सकिएको छ । 

बेल्जियम र इटाली



आज बेल्जियम र इटालीबीच हुने दोस्रो खेल पनि उत्तिकै रोमाञ्चक रहने छ । शुक्रबार राति १२ः४५ बाट सुरु हुने उक्त खेल निकै प्रतिस्पर्धात्मक हुने छ । बेल्जियम पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो भने इटाली अस्ट्रियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । यस खेलमा पनि दुवै कप्तान र खेलाडीको नजर सेमिफाइनलतर्फ नै हुने छ । बेल्जियमको टोलीमा डे ब्रुएन र हार्जाडको स्थानमा ड्राइ मर्टेन्स र यानिक कार्रास्कोलाई देख्न पाइने छ । यी दुवै रोमेलु लुकाकुसँगै फ्रन्टलाइनका तीन हरफमा देखा पर्ने छन् ।
 
त्यस्तै, टिमोथी कास्टान्गेको आँखामा लागेको चोटका कारण उनले अबका खेलहरू गुमाउने छन् । थोमस म्युनियर भने खेलमा देखापर्ने छन् । उनी चोटसहित मैदान उत्रने छन् । रोबर्टो मार्टिनेज टोलीका विश्वासिला खेलाडी हुन् । डेडरिक बोयटा, जसन डिनायर र थोमस भर्मालिनले बेल्जियमले खेलेको चार खेलमध्ये दुई खेलमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । भर्मालिन भने जन भेर्टोंगेन र टोबी एल्डरविरेल्डको साथमा डिफेन्समा रहनेछन् ।

जर्जियो चिलेनीले स्विट्जरल्यान्ड विरुद्धको खेलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै इटालीलाई लयमा फर्काएका थिए । अस्ट्रिया र वेल्सविरुद्धको खेलमा पनि निकै उत्कृष्ट प्रदर्शन गरे । इटालीले भने आफ्नो सेन्टर ब्याकको लागि ३६ वर्षीय फ्रान्सिस्को एसर्बीलाई तयार पारेको छ । त्यस्तै, अर्का खेलाडी एलेस्सान्ड्रो फ्लोरेन्जी भने यस खेलमा खेल्ने-नखेल्ने टुंंगो छैन । उनको ठाउँमा लोरेन्जो पेलेग्रिनी नै मैदानमा रहने छन् । यस खेलमा इटालीले आफ्ना सम्पूर्ण राम्रा खेलाडी मैदानमा उतार्ने छ ।
 
सेमिफाइनलको बाटो तय गर्नका लागि दुवै टोलीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने छन् । 

यस खेलको पूर्वानुमान भने इटालीको पक्षमा रहेको छ । जसमा बेल्जियम १ र इटाली २ बताइएको छ । यो खेलको पूर्वानुमान यी दुवै टोलीले यसअघिका खेलहरूमा देखाएको प्रस्तुतिमा आधारित छ । यी दुई टोलीबीच भएका ३१ खेलमा इटाली अपराजित रहेको छ । त्यसमा लगातार १२ खेलमा जित हात पारेको छ । त्यस्तै, बेल्जियम १३ खेलमा अपराजित रहेको छ । 

(द गार्डियनबाट अनूदित )

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १५:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया