logo-img

बिएण्डसीलाई अनुमति दिन, सरकारले चलाउन वा बन्द गर्न भन्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीलाई पठाए चिठी (पूर्णपाठ)

झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै आफ्नो मेडिकल कलेजलाई अनुमति दिन, खरिद गरेर सरकार आफैँले चलाउन अथवा बन्द गर्नका लागि निर्देशन दिन माग गरेका छन् । 

लामो समयदेखि अलमलमा रहेको मेडिकल कलेजका विषयमा ठोस निर्णय दिनका लागि प्रसाईंले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका हुन् । साविकको मेची अञ्चलका ३२ लाख जनताको तर्फबाट भन्दै प्रसाईंले पत्र लेखेका हुन् । 

प्रसाईंले पटक–पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै सञ्चालनको अनुमति, सरकारले खरिद वा बन्द गर्नका लागि ठोस निर्णय माग गरेका हुन् । 



प्रसाईंले आफ्नो मेडिकल कलेजले सम्पूर्ण मापदण्ड पूरा गरेर सम्बन्धनको सिफारिस शुल्कसमेत बुझाइसकेको अवस्थामा विभिन्न बहानाबाजी गर्ने, काम पन्छाउने तथा धम्की दिने र झुक्याउने काम भएको भन्दै ठोस निर्णय माग गरेका हुन् । 

बिएण्डसी मेडिकल कलेज मेची अञ्चलबासीको धरोहरको रुपमा रहेको भन्दै प्रसाईंले उक्त संस्थालाई ध्वस्त र तहसनहस पार्न खोजिएकाले सरकारको तर्फबाट उचित ठोस निर्णयको अपेक्षासहित पत्र लेख्दै विकल्प मागेका हुन् । 

यसबीचमा चिकित्सा शिक्षा आयोगले गत जेठ २८ गतेको बैठकमार्फत डा. प्रकाशराज पाण्डेको संयोजनमा डा.भोजराज अधिकारी, प्रा.डा.रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको निरीक्षण तथा अनुगमन टोली बिएण्डसीमा पठाएको थियो । 



तर, उक्त टोलीले अध्ययन पश्चात तयार गरेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने र सम्बन्धन अगाडि बढाउनमा बाधक बनेको प्रसाईँको आरोप छ । 

यस्तो छ प्रसाईंले प्रधानमन्त्री ओलीलाई लेखेको पत्र :



 

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १५:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया