logo-img

लागुऔषध मुद्दामा फरार २० वर्षीया युवा पक्राउ

लागुऔषध मुद्दामा फरार २० वर्षीया युवा सुर्खेतमा पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा बस्ने प्रनित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालतको ०७७ पुस २० गतेको फैसला आदेशले ५ महिना १५ दिन कैद सजाय तोकेको थियो । तर, उनी फरार थिए । 

उक्त तोकिएकोमा फैसला कार्यान्वयनका लागि विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई गत असार १९ गते प्रकाउ गरेको हो।



पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । कोरोना पिसिआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा परीक्षणपश्चात् उनलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १८:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया