कोपा अमेरिका : उरुग्वेलाई पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा

उरुग्वेलाई पेनोल्टी सुट आउटमा ४-२ ले पराजित गर्दै कोलम्बियाले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

ब्राजिलको माने गारिन्चा फुटबल मैदानमा आइतबार बिहान भएको खेल गोल रहित बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजले गोल गर्दा जोसे गिमिनेज र म्याथिस् भिनाले भने गोल गर्न सकेनन् । 

कोलम्बियाको डुभान जापाटा, डाभिन्सन सान्चेज, यारी मिना र मिगुइल ब्रोजाले गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ७:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया