कोपा अमेरिका : मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको सहज जित

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले आइतबार बिहान ओलम्पिको फुटबल मैदानमा इक्वेडरमाथि ३-०को सहज जित निकाली सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । यो खेलमा अर्जेन्टिनाले गरेका तीनै गोलमा मेसीको संलग्नता रह्यो । उनले २ गोलका लागि अवसर सिर्जना गर्दा १ गोल गरे । 

खेलको ३९औँ मिनेटमा रोड्रिगो डी पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गरे ।

८४ औँ मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले पनि मेसीकै पासलाई सदुपयोग गरेका थिए ।

थप गरिएको समयमा मेसीले फ्रि किकमार्फत् गोल गरेपछि अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।  

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ । कोलम्बिया उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।  
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ९:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया