कोपा अमेरिका : अर्जेन्टिना र कोलम्बियाको लक्ष्य फाइनल

कोपा अमेरिकाअन्तर्गत बुधबार बिहान हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ । 

खेल माने गरिन्चा फुटबल मैदानमा नेपाली समयअनुसार पौने ७ बजे हुनेछ । दुवै टोली फाइनल प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिनेछन् । 

अर्जेन्टिना इक्वेडरमाथि ३–० सहज जित निकाल्दै र कोलम्बिया उपाधि दाबेदार मानिएको उरुग्वेलाई पेनाल्टी सुटआटमा पन्छाउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

हालसम्म अर्जेन्टिना र कोलम्बियाले ४० खेलमा एक–अर्काको सामना गरेका छन् । अर्जेन्टिना २३, कोलम्बिया ९ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ । 

कोपा अमेरिकाअन्र्तगत सन् १९४५ मा भएको पहिलो भेटमा अर्जेन्टिनाले ९–१ को फराकिलो जित दर्ता गरेको थियो । 

विश्वकप छनोटअन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेट २–२ को बराबरीमा सकिएको थियो ।
 
इतिहासमा बलियो देखिएको अर्जेन्टिना यो खेलमा पनि सोही प्रदर्शनलाई दोहोर्याउने प्रयासमा हुनेछ । 



कोलम्बिया पनि इतिहास बिर्सिंदै अर्जेन्टिनालाई स्तब्ध बनाएर फाइनल प्रवेश गर्ने दाउमा हुनेछ । तर,  प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिनामाथि जित निकाल्न उसलाई त्यति सहज भने हुने छैन ।
 
प्लेयर टु वाच

लियोनल मेसी (अर्जेन्टिना) 



१९९३ पछि कुनै पनि ठूला प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा रहेका अर्जेन्टिना कप्तान लियोनल मेस्सीमै निर्भर देखिन्छ । 

उनले टिमका लागि ४ गोल गर्नुका साथै ४ गोलका लागि अवसर पनि सिर्जना गरेका छन् । मेस्सीको लय रोक्न कोलम्बियालाई निकै गाह्रो पर्ने देखिन्छ । 

मिगुइल ब्रोजा (कोलम्बिया)

कोलम्बियाले जारी प्रतियोगितामा मध्यम प्रदर्शन गरिरहेको छ । ऊ कुनै एक खेलाडीमा निर्भर देखिँदैन सबैले आ–आफ्नो स्थानबाट योगदान दिइरहेका छन् ।

अर्जेन्टिनाविरुद्धको खेलमा घातक बन्न सक्ने खेलाडी हुन्, फरवार्ड मिगुइल ब्रोजा । उनले टोलीका लागि १ गोल गर्दा १ गोलका लागि अवसर सिर्जना गरेका छन् ।  

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १७:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया