युवाहरूको नमुना संसद अभ्यास

कर्णाली प्रदेशका युवाहरूले संसदीय व्यवस्थाको नमुना अभ्यास गरेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरूको सहभागितामा भर्चुअल रूपमा संसदीय व्यवस्था सिक्नका लागि नमुना युवा संसदको अभ्यास गरिएको हो ।

नेपाल सरकार खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको सहभागिता थियो । २२ गतेदेखि २६ गतेसम्म भर्चुअल रूपमा भएको कार्यक्रममा युवाहरूले प्रदेश तहको संसदीय व्यवस्थाको अभ्यास गरेका हुन् । 

जसमा प्रशान्त लामिछाने मुख्यमन्त्री बनेका थिए । भने पूर्णिमा आचार्य सभामुख र मीनराज न्यौपाने प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए । अन्य विभिन्न जिल्लाका सहभागीहरूले अन्य मन्त्रालयहरू सम्हालेका थिए । कार्यक्रमबाट संसदीय व्यवस्थासम्बन्धी थुप्रै कुराहरू सिकिएको सहभागी युवा राजेन्द्र अधिकारीले बताए । प्रदेशसभा बैठक सञ्चालन, कार्यविधि निर्माण, तोकिएका आवश्यक मापदण्डहरू जस्ता सबै कुराहरूको जानकारी पाएको उनले बताए । 

यस्तै असार २८ गते देखि ३० गते सम्म भर्चुअल रूपमा नै हुने संघीय संसदीय अभ्यासका लागि कर्णालीबाट ७ जना युवाहरू माननीयका रूपमा छानिएका छन् । जसमा दैलेखका राजेन्द्र अधिकारी सहित सुर्खेतका प्रशान्त लामिछाने, सुर्खेतकी पूर्णिमा आचार्य, जुम्लाकी पुष्पा चौलागाई, कालिकोटका मीनराज न्यौपाने, सुर्खेतका जीवन आचार्य र सल्यानका मेघा रेउले सांसदका रूपमा छानिएका छन् ।

परिषद्को चालु आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा अन्तर्गत देशका सबै प्रदेशमा युवाहरूले संसदीय व्यवस्थाको अभ्यास गरेका छन् ।





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १८:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया