बागमतीको बजेट बहुमतले पारित

बागमती प्रदेशको बजेट बहुमतले पास भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले प्रस्तुत गरेको वर्ष प्रदेश सरकारको अर्थसम्बन्धी कार्यान्वयन गर्न बनेको विधेयक २०७८  बहुमतले पास भएको हो । ढुंगेलले निणयार्थ पेस गरेको बजेट नेकपा एमालेका दुवै पक्षको समर्थनमा पास भएको हो । 

मन्त्री ढुंगेलले प्रदेश सरकारका तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेका थिए ।  बजेटबाट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएका छ ।  

बजेट निर्णयार्थ पेस गर्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, विपक्षी कांग्रेससहित सबै दल सदनबाट निस्केका थिए । 

विपक्षी दलमा नेमकिपाका दुई सांसद मात्रै रहेका थिए । उनीहरुले पनि बजेटको विपक्षमा मत हालेनन् ।

बागमती प्रदेश सरकारले गत वर्ष ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष ०७८–७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार २०:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया