लोकतन्त्रका लागि गोली खान तयार छौँः पर्शुराम बस्नेत

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई अवैधानिक ठहर गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्ति गरेपछि नेकपा एमाले ओली समर्थक नेताहरु सडकमा उत्रिएका छन् । 

ओली निकट नेताहरुले सर्वोच्चको यो फैसलाले नेपालको लोकतन्त्रमाथि नै प्रश्न खडा गरेको बताएका छन् । 

ओली समर्थक जनवर्गीय संगठनहरुले सर्वोच्चको फैसला आएसँगै आन्दोलनका कार्यक्रमहरु घोषणा पनि गरेका छन् । यीमध्ये एक हो– नेपाल खेलकुद महासंघ । 

नेपाल खेलकुद महासंघले आज गरेको विरोध प्रदर्शनमा सर्वोच्चको फैसला आएकाले यसलाई नेपाली लोकतन्त्रको कालो दिनका रुपमा व्याख्या गरेको छ । 

‘यो नेपाली लोकतन्त्रका लागि कालो दिन हो,’ नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले भने, ‘लोकतन्त्रको रक्षाका लागि हामी गोली खान पनि तयार छौँ ।’





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १५:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया