नारायणगढ-मुग्लिङ सडकखण्ड दुवैतर्फी सञ्चालनमा
फाइल फाेटाे

नारायण-मुग्लिङ सडकखण्ड दुवैतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोला नजिकै चेपाङडाँडामा पहिरो खसेसँगै सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सोमबार बेलुका ७ः३० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । आज (मंगलबार) बिहान साढे सात बजेतिर पहिरो हटाएसँगै दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मनसुन सक्रिय भएसँगै चारकिलो, पाँचकिलो, सेतीदोभान लगायतका स्थानमा पहिरो खस्दा नारायणगण-मुग्लिङ सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ ।

ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ११:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया