ओली जनादेशबाट विजयी, परमादेशबाट पराजित : कमल थापा
फाइल फोटो

केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि राप्रपा अध्यक्ष कमल थापाले उनका योगदानको  स्मरण गरेका छन् । 

मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले ओलीलाई जनादेशबाट विजयी तर परमादेश बाट पराजित भनेका छन् । 

ओलीका दुई वटा अविस्मरणीय योगदान रहेको दावी थापाको छ । 

लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चे नक्सा निर्माण गर्नु र पृथकतावादी सिके राउत र विप्लव समूहलाई राष्ट्रिय मूलधारमा ल्याउनु ओलीको अविस्मरणीय योगदान भएको थापाले बताएका छन् । 

‘जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना’ थापाले भनेका छन् । 

गत पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कमल थापा निरन्तर ओलीको प्रशंसा गर्दै आएका छन् । ओलीका कदमलाई समर्थन गर्दै पनि आएका छन् । 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १६:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया