सार्वजनिक सवारीको भाडा २८ प्रतिशतले बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतले बढाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तिममा आएर सार्वजनिक सवारीको भाडादर २८ प्रतिशतले वृद्धि गरेको हो । 

असार २७ गते बसेको मन्त्रीस्तरीय बैठकमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्णयले भाडादर बढाउने निर्णय गरेका हुन् ।

मन्त्रीस्तरीय निर्णयसँगै यातायात व्यवस्था विभागले भाडादर लागु गरेको छ ।  ढुवानीका सवारी साधनको समेत भाडादर बढाइएको छ । 

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा २० प्रतिशत भाडा बढाइएको छ । त्यस्तै, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा २६ प्रतिशतले भाडा बढाइएको छ ।

२०७५ सालदेखि भाडादर बढाइएको थिएन । व्यवसायीको चौतर्फी दबाबपछि ओली सरकारले अन्तिममा भाडादर बढाएर गएको हो ।





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १७:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया