जसपाका कार्यकारिणी सदस्यलाई नागरिकतासहित उपस्थित हुन निर्वाचन आयोगको आदेश

निर्वाचन आयोगको इजलासले जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन आदेश दिएको छ। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे सुनुवाइका लागि आयोगले बिहीबार यस्ताे आदेश दिएको हो । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाका कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकता र मतदाता परिचयपत्रसहित आफैँ आयोगमा उपस्थित हुन आदेश दिइएको छ । यही साउन ११ गते ११ बजे आयोगको इजलासमा उपस्थित हुन आदेश दिइएको हो।

जसपा विवादको आधिकारिकता छिनोफानो गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको पाँच सदस्यीय इजलासले यस्तो आदेश दिएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति र ३६ सदस्यीय संसदीय दल छ । दुवैमा उपेन्द्र यादव समूहको बहुमत छ। यसअघि संसदीय दलमा महन्थ ठाकुर पक्ष बलियो थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने क्रममा केही सांसदले ठाकुरलाई छाडेर यादवलाई समर्थन गरेका थिए । 

महन्थ ठाकुर समूहले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको थियो । आयोगले उपेन्द्र पक्षलाई नै दलको आधिकारिकता दिने प्रबल सम्भावना छ । 

यस अवस्थामा महन्थ ठाकुर पक्षसँग यादवसँगै मिलेर जाने वा नयाँ पार्टी खोल्ने दुई विकल्प देखिन्छ । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १९:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया