अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी थप ८१ तालिबान लडाकु मारिएका छन् ।
सुरक्षाकर्मीले हेलिकोप्टर र लडाकु विमानबाट गरेको आक्रमणमा केही दिनयता सयौँ लडाकु मारिएका छन् ।
आइतबार देशको उत्तरी बाल्ख प्रान्तमा भएको सरकारी सेनाको आक्रमणमा सो संख्यामा लडाकुको मृत्यु भएको हो ।
आइतबारै दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको आक्रमणमा ४३ जना घाइते भएको सुरक्षा अधिकारीको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।