अदालतको निर्णयसँगै बढ्यो युरोपियन सुपर लिगको सम्भावना

युरोपका शीर्ष क्लबहरुले घोषणा गरेको युरोपियन सुपर लिग सुरु हुने सम्भावना बढेको छ । 

अदालतले युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सुपर लिग क्लबलाई कुनै पनि कारबाही गर्ने नपाउने निर्णय गरेपछि लिग सुरु हुने सम्भावना बढेको हो । 

लिगको आयोजनाको पक्षमा अझै रहेका बार्सिलोना, रियल मड्रिड र युभेन्टसले एक विज्ञप्ति मार्फत यो कुराको जनाकारी गराएका छन् । 

युइएफएले कारबाही गर्ने चेतावनी दिएपछि सुपर लिगको पक्षमा रहेका १२ मध्ये ९ क्लबले नाम फिर्ता लिएका थिए । तर, बार्सिलोना, रियल मड्रिड र युभेन्टसले भने आफू  लिगमा उपस्थित हुने भन्दै मुद्दा दर्ता गरेका थिए ।

अदालतको यो फैसलापछि यसअघि युइएफएले कारबाही गर्ने तयारी गरेको सबै प्रक्रिया रद्द हुनेछ । 

युइएफएले यो फैसलाविरुद्ध अपिल गरे पनि अदालतले यसलाई रद्द गरेको थियो ।  लक्जम्बर्गस्थित युरोपेली अदालतले युइएफएले युरोपियन फुटबलमा गरेको एकपक्षीय गतिविधिको पनि छानबिन गर्ने भएको छ । 



युरोपियन सुपर लिगको संस्थापकका रूपमा रहेका ६ इंग्लिस क्लबहरु चेल्सी, म्यानचेस्टर युनाइटेड, लिभरपुर, आर्सनल टोटेनहम र म्यानचेस्टर सिटीले युइएफएको चेतावनी तथा समर्थकको विरोधका कारण नाम फिर्ता लिएका थिए ।

त्यस्तै, इटालियन क्लब एसी मिलान र इन्टर मिलान तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि सुपर लिगबाट नाम फिर्ता लिएका थिए । यी क्लबलाई युइएफएले जरिवाना पनि लगाएको थियो । 



अदालतको यो फैसलापछि युइएफएले ती क्लबमाथि गरेको जरिवाना फिर्ता गर्नुका साथै सुपर लिगको कुनै पनि कार्यमा रोक लगाउन नपाउने भएको छ ।
 
अब युरोपियन सुपर लिग सञ्चालन हुने सम्भावना बढेको भए पनि त्यो हाल उपस्थित रहेका ३ क्लबको निर्णयमा भर पर्नेछ ।

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया