logo-img

टोकियो ओलम्पिक : स्पेन पुरुष फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्पेन सेमिफाइनल प्रवेश गरेको छ । आइभोरी कोस्टमाथि जित निकाल्दै स्पेन सेमिफाइनल पुगेको हो ।

उसले शनिबार आइभोरीकोस्टमाथि अतिरिक्त समयमा ५-२ गोल अन्तरको जित निकालेको हो । मियागी रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

स्पेनको जितमा राफा मिरले ह्याट्रिक पूरा गर्दा ड्यानी ओल्मो र मिकेल ओयार्जाबलले १-१ गोल गरे । आइभोरी कोस्टका एरिक बिली र म्याक्स ग्रेडेलले १-१ गोल फर्काए ।



खेलको १० औँ मिनेटमा बिलीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा ओल्मोले खेललाई बराबरीमा ल्याए । 

दोस्रो हाफको थप गरिएको समयमा गोल गर्दै ग्रेडेलले ओभोरी कोस्टलाई २-१ को अग्रता दिलाए । थप गरिएको समयमै मिरले स्पेनलाई २–२ को बराबरीमा ल्याए । 

९८ औँ मिनेटमा ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई ३-२ ले आगाडि बढाए । ११७ औँ र अतिरिक्त समयको थप गरिएको समयमा गोल गर्दै मिरले ह्याट्रिक पूरा गरे । 



जितसँगै स्पेन सन् २००० पछि पहिलो पटक ओलम्पिक सेमिफाइनलमा प्रवेश गरेको छ । ओलम्पिक पुरुष फुटबलमा यु-२३ टिमको सहभागिता रहेको छ । 



  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १७:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया