पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान  पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । 

खड्काले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तराष्ट्रिय क्रिेकटबाट मैले सन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिएपनि नेपाली क्रिकेटका लागि भने सपना अझै पनि बामे सरेको बताएका छन् । 

सन् २००९ मा कप्तान भएका पारसले २०१९ मा कप्तानी पद छाडेका थिए । 





  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार ७:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया