मान्छेको जस्तो दाँत भएको माछा भेटिएपछि सामाजिक सञ्जालमा चर्चा

अमेरिकामा एक अनौठो दाँत भएको माछा फेला परेको छ । मान्छेको जस्तो दाँत भएको माछाको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

सुरुमा अगष्ट ३ मा Jennette's Pier नामको फेसबुकमा माछाको यो तस्बिर पोस्ट गरिएको थियो । ती व्यक्तिका अनुसार उत्तर क्यालिफोर्नियाको साउथ मिल्स क्षेत्रमा नाथल मार्टिन नामका व्यक्तिले उक्त माछो भेटेका थिए । अगष्ट २ मा समुँद्रमा माछा मार्ने क्रममा उनले अनौठा दाँत भएको माछो फेला पारेका हुन् । 

यो शीपशेड जातको माछा भएको ती व्यक्तिले गरेको पोस्टमा भनेका छन् । माछा फेला परेको समुँद्रको पानीको तापक्रम ७७ डिग्री रहेको पनि भनिएको छ । 

चेप्टो आकार भएको उक्त माछोको अगाडिको दाँत धारिलो र बाहिर निस्केको देखिन्छ । 

सामाजिक सञ्जालमा यो माछाको तस्बिर निकै भाइरल भएको देखिन्छ । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ८:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया