लोकदोहोरी प्रतिष्ठानले भन्यो : दुर्गेश थापालाई बहिष्कार होइन, सदस्यताबाट वञ्चित गरिएको हो

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई बहिष्कार नगरेको प्रस्ट पारेको छ । आइतबार एक विज्ञप्ति जारी गदैए प्रतिष्ठानले उनलाई सदस्यताबाट मात्रै वञ्चित गरेको जानकारी दिएको हो । 

प्रतिष्ठानले सामाजिक सञ्जालमा लेखिएजस्तो दुर्गेशलाई बहिष्कार गरेको नभएर साधारण सदस्य नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

गायक दुर्गेश थापाले तीज गीत ‘बीच्च बीच्चमा को चौथो भाग ल्याएका थिए । त्यसमा प्रयोग भएको ‘ख्यास्स पुतली’ बोलका कारण सो गीत विवादमा आएको छ । 

गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। 

संस्थाको आग्रहलाई नमानेपछि प्रतिष्ठानले दुर्गेश थापालाई परिच्छेद (७) धारा (२६)को उपधारा १ बमोजिम साधारण सदस्य खारेज गर्ने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार २२:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया