जंगलमा भेटियो किशोरीको शव, तीन जना पक्राउ
फाइल तस्बिर

एकसाता देखि हराइरहेकी उदयपुरकी एक किशोरीको शव फेला परेको छ। उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टीला चौधरीको शव स्थानीय मोहनपुर जंगलमा फेला परेको हो ।

उनको शव सडेको अवस्थामा फेला  परेको उदयपुरका प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले जानकारी दिए । साउन १९ गते केही स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शव क्रिष्टीलाको भएको पुष्टि गरेको हो । 

क्रिष्टीला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।

बालिकाको बलत्कारपछि हत्या भएको आशंका प्रहरी र स्थानीयले गरेका छन् । ‘केही शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले भने ।

घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए ।

शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको वडाध्यक्ष चौधरीले बताए । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ११:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया