दार्चुला घटनाबारे सभामुख सापकोटाको ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइनबाट खसी बेपत्ता जयसिंह धामी प्रकरणको सत्यतथ्य विवरण प्रतिनिधिसभामा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभामुख सापकोटाले तुइनबाट खसेर दार्चुलाका युवा जयसिंह धामी बेपत्ता भएको प्रकरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले सो घटनाको सत्यतथ्य पत्ता लगाई विस्तृत विवरणसहितको जानकारी प्रतिनिधिसभामा छिट्टै दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले भने, ‘नेपालबाट भारत जाने क्रममा महाकाली नदी तुइनबाट पार गर्दै गर्दा तुइनबाट खसेर बेपत्ता हुनुभएका जयसिंह धामीको विषयमा मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाई घटनाको बिस्तृत विवरणसहितको जानकारी यथाशाक्य छिटो प्रतिनिधिसभामा दिन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

संसदमा शून्य समयमा बोल्ने सांसदहरुले जयसिंह धामी प्रकरणको यथार्थता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १८:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया