१७ वर्षपछि मेस्सीबिना ला-लिगाकाे नयाँ सिजन सुरु हुँदै

स्पेनिस फुटबल लिग ला-लिगाकाे नयाँ सिजन आजबाट सुरु हुने भएको छ । २०२१-२२ सिजनको सुरुवात भ्यालेन्सिया र गेटाफे बीचको खेलबाट हुनेछ । 

दुवै टिमले राम्राे प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

मेस्टाल्ला रंगशालामा हुने उक्त खेलमा  ४० प्रतिशत दर्शकमात्र उपस्थित हुनेछन्।

१७ वर्षपछि फुटबलका हस्ती मेस्सीबिना लालिगा सुरु हुँदैछ । बार्सिलोना र मेस्सीबीच सम्झौता हुन नसक्दा मेस्सी फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका हुन् ।

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेलको रूपमा रियल सोसिडाडसँग आइतबार घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । यस्तै गरी रियल म्याड्रिडले भने अलाभेजको सामना गर्नेछ ।  

साविक विजेता रहेको एथ्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १४:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया