धादिङमा बस र ट्रक ठाेक्किँदा एक जनाकाे मृत्यु, १२ जना घाइते

धादिङमा बस र ट्रक ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने १२ जना घाइते छन् ।

जिल्लाकाे गल्छी गाउँपालिका-६ बैरेनीमा बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गए राति करिब २ बजे आपसमा ठोक्किँदा दुर्घटना भएकाे हाे । 

दुर्घटनामा परी गम्भीर घाइते भएकी साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिका-३ की २७ वर्षीया रेनुका कुलुङकाे काठमाडाैंकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेमध्ये तीनजनाकाे गल्छीस्थित अस्पतालमा उपचार भइरहेकाे छ भने ९ जनाकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार भक्तपुरकाे मध्यपुरथिमी नगरपालिका-६ का ३८ वर्षीय विजय प्रजापति, साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिका-३ की १८ वर्षीय साेनु कुलुङ र पाेखराका ४८ वर्षीय डिबी गुरुङकाे अवस्था गम्भीर रहेकाे छ ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ९:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया