काबुल एयरपाेर्टमा १२ जनाले ज्यान गुमाए

तालिबानका एक अधिकारीले अफगानिस्तानकाे काबुल एयरपोर्टमा गत आइतबारदेखि हालसम्म १२ जनाले ज्यान गुमाएकाे बताएका छन् । 

ती अधिकारीका अनुसार एयरपोर्टमा भागदौड हुँदा र गोली लाग्दा १२ जनाको ज्यान गुमेकाे हाे ।

अधिकारीले तालिबानले एयरपोर्टमा कसैमाथि पनि नोक्सान पुर्‍याउन नचाहेको पनि जिकिर गरे ।

यसभन्दा पहिला अमेरिकी वायुसेनाले मानिसको मृत्यु भएको तर उसले संख्या उल्लेख गरेकाे थिएन । 

वायुसेनाका अनुसार विमान एयरपोर्टमा अवतरण गरिसक्दा पहिला नै केही मानिसले ज्यान गुमाइसकेका थिए ।

गत आइतबार बेलुका तालिबानले राजधानी काबुलमा कब्जा गरेको थियो । तालिबानको कब्जासँगै देश छाड्ने मनसायले हजारौँ मानिस एयरपोर्टमा जम्मा भएका थिए । 



पछि अमेरिकी सेनाले एयरपोर्ट आफ्नो नियन्त्रणमा लिएको थियो ।



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १४:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया