logo-img

एमाले विभाजन : प्रदेश १ का पालिका प्रमुख, उपप्रमुख को कता ?

नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि पालिका र वडा तहमै ध्रुवीकरण भइरहेको छ । को ओलीले नेतृत्व गरेको नेकपा एमालेतिर लाग्यो को माधव नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा लाग्यो भन्ने चासो र चर्चा व्यापक छ ।  

प्रदेश १ का स्थानीय तहमा जनप्रतिनिधिहरु धेरैजसो ओलीतिरै देखिएका छन् ।  केही भने माधव नेपालले गठन गर्न लागेको नेकपा(एकीकृत समाजवादी) तिर खुलेका छन्। 

केही पालिकाका प्रमुख र उपप्रमुखहरू अहिले पर्ख र हेरको अवस्थामा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा सात वटा पालिकामा प्रमुख र उप प्रमुख दुवैमा एमालेले जित हासिल गरेको थियो। 



१५ वटा  पालिका रहेको झापामा गौरादह नगरपालिका बुद्धशान्ति गाउँपालिका, हल्दीबारी  गाउँपालिकाको उप प्रमुख पदमा एमालेले जित हासिल गरेको थियो।

एमालेले अर्जुनधारा, विर्तामोड, दमक, कन्काई, शिवसताक्षी, भद्रपुर नगरपालिकाको प्रमुख र उप प्रमुखमा एमालेका प्रतिनिधि छन्। साथै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद एमालेले जितेको छ।

यसमध्ये दमक, कन्काई नगरपालिका, कमल गाउँपालिकाका प्रमुख र उप प्रमुख नै ओली पक्षमै छन् । यस्तै विर्तामोड, शिवसताक्षी, भद्रपुर नगरपालिकाका मेयर पनि संस्थापन पक्षमा खुलेर लागेका छन्। 



अर्जुनधारका मेयर  एकीकृत समाजवादीमा लागेका छन् । विर्तामोड, शिवसताक्षी र भद्रपुर नगरपालिकाका उपप्रमुख समाजवादीतर्फ लागेका छन्। 

उपप्रमुख मात्रै जितेका हल्दिवारी, बुद्धशान्ति, गौरादह र मेचीनगरका  उप प्रमुखहरु पनि एमालेमै छन्। 



सुनसरीेका १२ वटा पालिका मध्ये नेकपा एमालले सुनसरीको इटहरी उप महानगरपालिका, बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपलिकामा जितको थियो। 

धरानमा मेयर तारा लिम्बूको मृत्यु भएपछि भएको उप निर्वाचनमा कांग्रेसले जित्यो। एमालेका निर्वाचित मेयर मध्ये बराहका मेयर निलम खनाल  र इटहरीका मेयर द्वारीकलाल चौधरी एमालेमै बसेका छन्। 

धरानका उप मेयर मञ्जु भण्डारी र इटहरीका उप मेयर लक्ष्मी गौतम पनि एमालेमा छन्। 

बराहक्षेत्रकी उप मेयर कमला कुमारी मगर र रामधुनीका उप मेयर सबिना चौधरी भने अहिले सम्म खुलेका छैनन् ।

मोरंगका १७ वटा पालिका मध्ये मोरङमा एमालेले पथरी, बेलबारी नगरपालिका, कानेपोखरी र मिक्लाजुङ गाउँपालिकामा प्रमुख र उप–प्रमुख दुवैमा जित हासिल गरेको थियो। 

तीमध्ये मिक्लाजुङ कानेपोखरी गाउँपालिकाका र पथरी नगरपालिकाका मेयर उप मेयर संस्थापन पक्षमै छन्। 

तीमध्ये बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र ग्रामथान गाउँपलिकाका प्रमुख अहिले पनि पर्ख र हेरको अवस्थामा रहेका छन्। मेयर ज्ञानेन्द्र सुवेदीले आफू अहिले कता जाने भन्ने निष्कर्षमा नपुगेको बताए । उनले तेस्रो धारको निर्णय पर्खेर बसेको जानकारी दिए।

मोरङ लेटाङ, सुन्दर हरैचाँ, उर्लाबारी नगरपालिकमा एमालेले उप मेयर जितेको थियो । केराबारी गाउँपालिकामा पनि उप–प्रमखमा एमालले जित हासिल गरेको थियो। 

तीमध्ये केराबारी गाउँपालिकाका उपप्रमुख शान्तीदेवी पाख्रिनबाहेक सबै ओली पक्षमा देखिएका छन्।

धनकुटाका सात वटा पालिका मध्ये सबै एमालेले जितेको थियो । ती पालिका मध्ये सातवटै पालिकाका प्रमुख उप प्रमुख एमाले छाडेर समाजवादीका गएका छैनन्। 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १०:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया