यो वर्ष विपद्का घटनाबाट ९० करोडभन्दा बढीको क्षति

यो वर्ष विपद्का घटनाबाट ९० करोड ४५ लाख ३६ हजार ७४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त क्षति ०७८ वैशाख १ गतेदेखि भदौ ७ गतेसम्मको अवधिमा भएको हो । 

प्राधिकरणका अनुसार सो अवधिमा विपद्सँग सम्बन्धित १ हजार ५०६ वटा घटना रेकर्ड भएका थिए । ती घटनामा परी १७७ जनाको मृत्यु, ३७ जना बेपत्ता र ३८६ जना घाइते भएका थिए । 

विपद्मध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीसम्बन्धी ६१९ घटनाले ७३ करोड ६ लाख ९६ हजार ६१२ रुपैयाँबराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

यस वर्ष बाढीले ६ करोड ५४ लाख ५२ हजार ५ सय रुपैयाँ, अविरल वर्षाले ६ करोड ३० लाख ११ हजार रुपैयाँ, पहिरोले २ करोड ७ लाख ९५ हजार रुपैयाँ, चट्याङबाट १ करोड ५६ लाख ७४ हजार ८३० रुपैयाँबराबरको आर्थिक क्षति गरेको छ । 

यस वर्ष सबैभन्दा बढी मानवीय क्षति पहिरोका घटनाबाट भएको छ । पहिरोमा परी यो वर्ष हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । त्यससपछि ठूलो मानवीय क्षति चट्याङबाट भएको छ । चट्याङ लागेर ४२ जनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १८:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया