विश्वभर कोरोना भाइरसबाट ४४ लाख ६१ हजारकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४४ लाख ६१ हजार ७७० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २१ करोड ३८ लाख ४ हजार २७९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ३२ हजार २२३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७६ हजार ६४५ जनाले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३५ हजार ७५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ५४ हजार ४४६, पेरुमा १ लाख ९७ हजार ९४४, रुसमा १ लाख ७५ हजार ३२८, बेलायतमा १ लाख ३२ हजार ३२३, इटालीमा १ लाख २८ हजार ९१४ र कोलम्बियामा १ लाख २४ हजार ४७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ७:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया