काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्न हुन्न

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस पर्वत​का सभापति खिमप्रसाद भुसाल​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी १८ गतेदेखि वडास्तरबाट सुरु हुँदैछ । हामी लोकतान्त्रिक पार्टी हौं । हामीले समयभन्दा बाहिर गएर अधिवेशन गर्छौं भन्न पनि हुँदैन । समय त सार्न सकिएला, तर त्यसको वैधानिकताभित्र टेक्नु सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । केही ठाउँमा केही कुराहरु नमिलेको भए पनि नेताहरु बसेर मिलाउँदै हुनुहुन्छ । 

मूल नेतृत्वको कुरामा अहिलेको महाधिवेशनको मुखमा हामीले विधानतः हेर्नुपर्छ । समावेशीखालको नेतृत्व ल्याउन यतिबेला कांग्रेस नेता–कार्यकर्ताहरु चुक्नु हुँदैन । सबैखालका जातजाति, लिंग वा समुदायका मान्छेहरु नेतृत्वमा पुग्नुपर्छ । त्यो कुरा पदाधिकारी र सदस्य दुवैको हकमा लागू हुने गरी वडादेखि केन्द्रसम्म विधानतः कायम हुनुपर्छ । 

केन्द्रीय नेतृत्वको सवालमा एउटा टिम छ, त्यसमा जसले आकर्षण गर्न सक्छ, आफ्नो कार्यक्रम र विचार लिएर अघि बढ्न सक्छ त्यसलाई नेतृत्वको जिम्मेवारी दिने गरी सोच्नुपर्छ । देशव्यापी रुपमा जसले विचार र नीति–कार्यक्रम दिन सक्छ त्यसलाई नै प्राथमिकता दिनुपर्छ ।



युवा नेतृत्वको बहस 

नेपाली कांग्रेसमा युवाहरुको भूमिका महत्वपूर्ण छ । युवा भएन भने बुढाले मात्र पार्टी चलाउन गाह्रो हुन्छ । म अहिले सभापति छु, ६५ वर्षको उमेर भयो । म एक्लै सबै कुरा जानेको छु, अनुभव छ भन्ने सोचेँ भने प्रभावकारिता नै कम हुन्छ । उमेरलाई पनि सम्मान गर्ने र नयाँ नेतृत्वलाई पनि साथै लानुपर्छ भन्ने आमनेता–कार्यकर्ताको भनाइ छ । 



परिवारवाद हाबी

पार्टीमा परिवारवादको समस्या म त देख्दिनँ । हिजो अप्ठेरो परिस्थितिमा कुनै नेताका छोरा, नातीले थाम्दै र विरासतलाई जोगाउने गरी काम गर्दै आएको देखिन्छ । त्यसलाई परिवारवाद भन्नै मिल्दैन । अहिले त निर्वाचनको प्रक्रिया छ । यो लोकतन्त्र हो, यहाँ उठ्ने अधिकार सबैको हुन्छ । यहाँ परिवारवादको कुरा रहँदैन । यस्तो कुरामा अल्झनु आवश्यक नै देख्दिनँ म ।
 
कसरी गर्ने महाधिवेशन ? 

हिजो प्रतिपक्षमा रहेको नेपाली कांग्रेस अहिले सत्तामा छ । साथै, कोरोनादेखि बाढीपहिरोलगायतका समस्याका कारण पनि हामी जिम्मेवार बन्नुपर्ने बेला छ । पहिलो कुरा भनेको जनता नै हो । दोस्रोचाहिँ देश हो । जनता नभई देश हुँदैन । यतिबेला जनतालाई कोरोनाले सताएको छ । बिहान सञ्चो भएको मान्छे बेलुका बिरामी भएर भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुगेको हुन्छ । यसमा एउटा जिम्मेवार पार्टीले ध्यान दिनुपर्छ । 

विभिन्न प्रकारका स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने महामारीको रुप अझै भयानक बन्न सक्छ । पहिला त सरकारले खोपको व्यवस्थापन गर्नुपर्छ । जिल्लाको हकमा हामीहरुले कसरी अघि लाने भनेर बहस गरिरहेका छौं । । क्रियाशीलता विवादको समाधान हुन सकेको छैन । 

अहिले तीन सदस्यीय समाधान समिति बनेको छ । कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको यो समितिले समाधान गर्ने छ भन्नेमा म आशावादी छु । गाउँस्तरबाट आएका सिफारिसहरुलाई ध्यान दिनुपर्छ । कांग्रेस बन्छु भन्ने मान्छेहरुलाई पार्टी प्रवेश गर्न रोक्न हुँदैन भन्ने मलाई लाग्छ ।   

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति

डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति

युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति

क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति

कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति

अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति

अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति

कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १८:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया