स्वारेज कम्तीमा पनि दुई साता मैदान बाहिर रहने

स्पेनिस क्लब एटलेटिको मड्रिडका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज कम्तीमा पनि दुई साता मैदान बाहिर रहने भएका छन् । उनी ला लिगा अन्तर्गत आइतबार भएको भिल्ला रियल विरुद्धको खेलमा घाइते भएका थिए । 

एट्लेटिकोले विज्ञप्ति जारी गर्दै एमआरआई स्क्यानमा स्वारेजको देब्रे घुँडामा चोट देखिएको र उनी कम्तीमा पनि दुई साता मैदान बाहिर रहने क्लबले बताएको हो ।

दुई साता मैदान बाहिर रहेन भएपछि उनले यही सेप्टेम्बरमा हुने विश्वकप दक्षिण अमेरिकी छनोटका ३ खेल गुमाउने पक्का भएको छ । 

विश्वकप छनोट अन्तर्गत उरुग्वेले सेप्टेम्बर ३ मा पेरु, सेप्टेम्बर ६ मा बोलिभिया र सेप्टेम्बर १० मा इक्वेडरसँग खेल्ने छ ।

छनोटमा ६ खेल खेलेको उरुग्वे समान २ जित, बराबरी र हारको नतिजा सहित ८ अंकका साथ चौंथो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटबाट ४ टोलीले सन् २०२२ को कतार विश्वकपमा स्थान बनाउने छन्  । 



एट्लेटिकोले सेप्टेम्बर १२ मा हुने स्पान्योलसँगको खेलमा सुआरेज उपलव्धि हुने आशा लिएको छ । 



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ११:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया