जापानको टोकियोमा जारी पाराल्याम्पिक सहभागिता जनाउने एक मात्र खेलाडी पलेशा गोवर्द्धन पहिलो चरणमा विश्व वरियताको सातौँ स्थानमा रहेकी बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।
पलेशाले तेक्वान्दोको महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार बिहान हुने खेल हात पार्नेले क्वाटरफाइनलमा टर्किस खेलाडी गुर्दल गामजेको सामना गर्नेछन् ।
यो तौल समूहमा ११ खेलाडीको सहभागिता रहेको छ, जसमा पाँच जनाले सिधै क्वाटरफाइनलमा स्थान बनाइ सकेका छन् ।
पलेशाले वाइल्ड कार्ड मार्फत् पाराल्याम्पिकमा सहभागिता जनाउने अवसर पाएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।