रामकुमारी झाँक्रीले हिजो के भनेकी थिइन्, आज ओलीले के भने, भिडियोमा हेर्नुस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई अहिले मौन बसेको भन्दै आलोचना गरेका छन् । उनले रामकुमारीले अहिले केही नबोलेको विषयमा प्रश्न उठाएका हुन् ।

पछिल्लो समय नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको र एमसिसीको विरोधमा प्रदर्शन भइरहेको विषयमा रामकुमारी नबोलेको भन्दै ओलीले उनको आलोचना गरेका हुन् ।

गृह मन्त्रालयले यी विषयमा आलोचना गर्दै छिमेकी देशविरुद्ध प्रदर्शन नगर्न भन्दै विज्ञप्ति निकालेको थियो । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले यो विषयमा अहिलेसम्म केही भनेकी छैनन् ।

यही विषयमा एमाले अध्यक्ष ओलीले युवा संघले राखेको कार्यक्रममा उनको आलोचना गरेका हुन् । 

कार्यक्रममा ओलीले भने, 'जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर आफूलाई पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।



त्यसको भोलिपल्टै दिउँसो प्रहरीले उनलाई बानेश्वरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।



  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १७:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया