नेपाल खेलकुद महासंघले गर्यो तीज विशेष कार्यक्रम

पछिल्लो समय समसामयिक राजनीतिक घटनाक्रम तथा सामाजिक काममा निकै सक्रिय देखिएको नेपाल खेलकुद महासंघले हिन्दू नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम गरेको छ ।

मंगलबार दशरथ रंगशालामा तीज विशेष कार्यक्रम खेलकुद परिषद् र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा गरिएको हो । 

नेपाललाई खेलकुदको माध्यमबाट विशिष्ट पहिचान दिलाउन सफल खेलाडीहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा एमालेकी पोलिटब्यूरो सदस्य पूर्वमन्त्री थममाया थापा र खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले गरेको थिए । 

कार्यक्रममा बोल्दै थापाले खेलकुद महासंघले पछिल्लो समय गरिरहेका कामहरु प्रशंसनीय भएको बताएकी थिइन् । तीजको शुभाकामना दिँदै थापाले भनिन्, ‘नेपालका सबै सँस्कृति महत्वपूर्ण छन्, त्यसलाई थप सुन्दर बनाउन खेलकुद महासंघले गरेको यो काम निकै प्रशंसनीय छ ।’

खेलकुदको माध्यमबाट पनि सँस्कृति जगेर्ना गर्न सकिने कार्यक्रमका अर्का अतिथि सिलवालले बताएका थिए ।



नेपाल खेलकुद महासंघकी उपमहासचिव नन्दा बस्यालको संयोजनमा भएको कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले आफूहरुले खेलकुदको उत्थानका साथ साथै नेपाली सँस्कार र सँस्कृतिको उन्नत जगेर्ना गर्न पनि तयार रहेको बताएका थिए । 

खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले तीजको सौन्दर्य विशेष रहेको भन्दै आफूहरु समाजसँग एक भएर बस्न सधैं तयार रहेको बताए । 



कार्यक्रममा नेपाल तेक्वान्दो संघका खेलाडीहरुले विशेष प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा सूचना आयोगकी सदस्य कमला ओली, खेलकुद महासंघका उपाध्यक्षहरु येकेन्द्र कुवर, सुभाष श्रेष्ठ, सुदर्शन गुरुङ, एमाले युवा नेता महेश बिष्टलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खेलकुद महासंघले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २३:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया