एमसिसी खारेजीको माग गर्दै आइटी आर्मीको विरोध प्रदर्शन

आइटी आर्मीले एमसिसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेका छन् । 

शुक्रबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै नाराबाजीसहित आइटी आर्मीले विशाल प्रदर्शन गरेका छन् ।

आइटी आर्मीको जिल्ला संयोजक नरेश साह तुरहाको नेतृत्वमा चन्द्रपुर नगर कमिटीले पूर्व-पश्चिम राजमार्गमा युवाहरूले नाराबाजी गरेका हुन् ।

देश बेच्न पाइँदैन एमसिसी चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, राष्ट्रघाती एमसिसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद, राष्ट्रघाती एमसिसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाइँदैन, कठपुतली सरकार चाहिँदैन, गो ब्याक एमसिसी, रिजेक्ट एमसिसी लगायतका विभिन्न नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्।

मुलुकमा अस्थिरता पैदा गरी द्वन्द्वको अखाडा बनाउने उद्देश्यका साथ विदेशी हितमा एमसिसी सम्झौता भएको र सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी गर्न प्रदर्शन गरेको आइटी आर्मीको जिल्ला संयोकज नरेश साह तुरहाले बताए । 

राष्ट्रिय हित विपरीत सम्झौता सदनबाट पास गर्न दुस्साहस भएको खण्डमा देशमा अझ सशक्त आन्दोलन हुने उनीहरूले चेतावनी दिएका छन् । 



आजै आइटी आर्मीको चन्द्रपुर नगर कमिटीको प्रथम भेला भई झरना आचार्यको नेतृत्वमा नगर कमिटी गठन चयन गरिएको हो ।



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १६:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया