सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । काठमाडौंमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।

सभापति पदबाट पछि हटेको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दै छु ।’ महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापनइतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुंगो छिट्टै लाग्ने उनले जानकारी दिए ।


फरक प्रसंगमा महामन्त्री कोइरालाले कम्युनिस्ट उच्छृंखल चरित्रका हुन्छन् भन्ने उदाहरण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, ‘उच्छृंखल चरित्रले कम्युनिस्ट पार्टीहरू चलिरहेका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १८:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया