दैलेख शिक्षक हत्यामा छिमेकी महिलाको संग्लनता पुष्टि

दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका माध्यमिक विद्यालय छोटेपोखरा क्षिशक नगेन्द्रबहादुर बिसीको हत्यामा छिमेकी महिलाको संलग्नता रहेको पाइएको प्रहरीले पुष्टि गरेको छ । 

घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दुरीमा बसोबास गर्दै आएकी स्थानीय २५ वर्षीया महिला मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका बताए ।

मुना रानाले बिसीको हत्या गरेको पुष्टि भएको र सोमबार राति साढे १ बजे व्यक्तिगत रिसिइबीका कारण धारिलो हतियार प्रयोग गरी बिसीको घाँटी रेटेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको डिएसपी श्रेष्ठले जानकारी दिए । 

यद्यपि रानाको शिक्षक बिसीसँग रिसिइबीको कारण खुलाएका छैन । 

हत्या गरिएका शिक्षकका दुई छोरा र एक श्रीमती छन् । घटना भएका दिन श्रीमती दैलेख बजारमा गएको र छोराहरु नेपालगञ्जमा अध्ययनका सिलासिलामा रहेकोले शिक्षक एक्लै घरमा रहेको प्रहरीले जनाएको छ ।

रानाले शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भनी अनुसन्धानका क्रममा स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए । 



पीडित पक्षबाट जाहेरी दरखास्त लिइ कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेको र प्रहरीले मुनाको कोठाबाट धारिलो हतियार लगाएतका  प्रमाणहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । 
 



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ८:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया