ला लिगा : भ्यालेन्सिया र रियल मड्रिड प्रतिस्पर्धा गर्दै

स्पेनिस ला लिगामा आइतबार भ्यालेन्सियाले घरेलु मैदानमा रियल मड्रिडको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ ।

रियल मड्रिड घरेलु टोलीलाई हराउँदै ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । भ्यालेन्सियालाई हराउन सके रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पछि पार्नेछ । 

एट्लेटिको ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेका रियल र भ्यालेन्सियाको समान १० अंक छ ।

भ्यालेन्सिया पनि घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै शीर्ष स्थानमा उक्लने योजनका साथ मैदान उत्रनेछ । 

यी दुई टोली भएका पछिल्ला २४ भेटमा रियलले १३ र भ्यालेन्सियाले ४ खेल  आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । गत सिजन दुवै टोलीले समान समान एक–एक जित निकालेका थिए ।

आजै हुने अन्य खेलमा रियल मलोर्काले भिल्लारियल, रियल सोसिडाडले सेभिया र रियल बेटिसले स्पान्योलसँग प्रतिस्पर्धा गर्नेछन् ।  





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया