शम्भु राई र मेलिना राईको स्वरमा नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएकाे छ ।
गीतमा शब्द तथा संगीत शम्भु राईको रहेको छ । लोकलयको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
श्रद्दा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा नाजीर हुसेन र अनिता गोले फिचर्ड छन्।
त्रिलोक लामा र राकेशले छायाँकन गरेको भिडियोलाई अभी लामाले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियो शम्भु राई श्रद्दा रेकर्डिङ्ग अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।