२३ फागुनको फैसालाले हामीलाई नेकपा एमाले बनायो, यो एमाले एकीकृत पार्टी होः ओली
फरकधार / १५ असोज, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाले नेकपालाई टुक्राएर नेकपा एमाले बनाएको बताएका छन् । उनले अहिले नेकपा एमाले भए पनि यो पार्टी नेकपा एमाले एकीकृत भएको बताएका छन् ।



गोदावरीमा सुरु भएको नेकपा एमालेको प्रथम विधान अधिवेशनमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । 

यसका लागि देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि आएका छन् । आजको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन पेश गरेका छन् ।




  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:१६:५२,   अन्तिम अपडेट : असोज १५, २०७८ शुक्रबार १४:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया