ला-लिगा : बार्सिलोनामाथि एट्लेटिकोकाे सहज जित

स्पेनिस ला-लिगा अन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । उसले बार्सिलोनामाथि २-० को जित हात पारेको हो ।
 
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस स्वारेजले एक-एक गोल गरे ।

खेलको २४औं मिनेटमा थोमस लेमारको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । उनले लुइस स्वारेजको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा स्वारेजले लेमारको पासमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै २-० को अग्रता लियो ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि एट्लेटिकोकाे जित पक्का भएको हो । 

यो जितपछि  एट्लेटिको ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा छ ।

एक खेल काम खेलेको शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक बराबर भए पनि गोल एट्लेटिको अन्तरमा पछि परेको हो । 



सिजनको पहिलो पराजय बेहोरेको बार्सिलोना ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा छ ।

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा ओसासुनाले रियो भाल्कानो र मर्लोकाले लेभान्टेमाथि समान १-० को जित हात पार्दा कार्डिज र भ्यालेन्सियाले गोलरहित बराबरी खेले ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार ८:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया