logo-img

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएकी हुन् । ​

दशैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउनका लागि नदी वारी घाटगाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी रहेको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’ 

डुंगामा ७ जना सवार रहेको १ जना वेपत्ता भएको र अन्य पौडिएर नदीबाट बाहिर आउन सफल भएको प्रहरीले जनाएको छ ।



 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १३:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया